१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा सवारी पार्किङ शुल्क बढ्यो, मोटरसाइकल र स्कुटरधनीलाई ४० रूपैयाँ अरु सवारीको कति?

१ मंसिर २०७९, बिहीबार ११:२०

मङ्सिर १, काठमाडौँ | नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ। प्राधिकरणले मंसिर १ गते (आज)बाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो।    

आजदेखि बढाएको शुल्कअनुसार अब मोटरसाइकल र स्कुटरधनीले प्रतिघण्टा ४० रूपैयाँ तिर्नुपर्नेछ। 

यसअघि २०६७ सालको नियमावली अनुसार मोटरसाइकल र स्कुटर तथा रिक्सा पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ तोकिएको थियो। तर अहिले तय भएको रकम पहिलेको भन्दा ३५ रुपैयाँले बढी हो। 

त्यस्तै कारको प्रतिघण्टा २० रूपैयाँ तोकिएको थियो। अहिले तय भएको रकम पहिलेको भन्दा ६० रूपैयाँ बढी हो।  

यस्तो छ बढेको शुल्कः

मोटरसाइकल, स्कुटर र रिक्सा : प्रतिघण्टा ४० र प्रतिदिन  २४० रूपैयाँ।

कार, जीप, लेमोजिन, टेम्पो : प्रतिघण्टा ८० र प्रतिदिन ४८० रूपैयाँ।

हल्का सवारी साधन (मिनी बस, माइक्रो बास) : प्रतिघण्टा एक सय र प्रतिदिन ६ सय रूपैयाँ।

बस ट्रक (गह्रौ सवारी साधन) : प्रतिघण्टा १५० र प्रतिदिन नौ सय रूपैयाँ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन