रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो "/>

2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका घरेलु तथा साना उद्योगमा झरही खोलाले पुर्याएको क्षतिले सेवाग्राही सास्तीमा (तस्बिरसहित)


रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो बाढीले सदरमुकाम परासी बजारमा तीन देखि चार फिट पानी पसेको थियो । 

त्यो बाढीले घरेलु तथा साना उद्योगको प्रवेश पुल, गेट, भवन लगायतमा ठुलो क्षति पुर्याउनुको साथै पुल र भवन भत्किएको थियो हाल त्यसको मर्मत नभएपछि सेवाग्राहीहरु तथा कर्मचारी कार्यालय आउन जान सास्ती झेल्नु परेको छ भने सम्बन्धित निकाय मौन रहेको आरोप सेवाग्राही र कर्मचारीले लगाएका छन । 

घरेलु तथा साना उद्योग नवलपरासीका नायक सुब्बा माधव लाल गुप्ताले सम्बन्धित निकायबाट ढिलासुस्ती भएको दाबी गर्दै कार्यालयले पटक पटक घरेलु तथा साना उद्योग विभाग केन्द्र, दैविक प्रकोप उद्धार समिति नवलपरासी, सहरी डिभिजन कार्यालय चितवन र भवन अवास तथा सहरी विकास कार्यालय भरतपुर मा जानकारी गराउदा पनि भन्दै आलटाल भइरहेको सो कार्यालय का एक कर्मचारीले बताएका छन । 

उता जिल्ला विकास समिति नवलपरासीका एलडिओ लालकृष्ण शर्मा पौडेल ले मर्मतको प्रक्रिया चलिरहेको बताउदै छिटै नै बन्ने विश्वास गर्नु भएको छ । सेवाग्राही र कर्मचारीले आ-आफ्नो सवारी साधन बाटोमा नै पार्किङ गर्दै आउदा सडक दुर्घटना हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई