२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाने भारतीयहरुले अब पुलिस रिपोर्ट पेस गर्नु नपर्ने

२ मंसिर २०७९, शुक्रबार ११:४३

मंसिर २, काठमाडौँ | भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट (पीसीसी) पेश गर्नुनपर्ने भएको छ । नयाँ दिल्लीस्थित साउदी दूतावासले बिहीबार ट्वीट गर्दै यो जानकारी दिएको हो । साउदी दूतावासले ट्वीटमा भनेको छ– ‘साउदी अरब र भारतबीचको बलियो सम्बन्ध र रणनीतिक साझेदारीलाई ध्यानमा राख्दै, भारतीय नागरिकलाई पुलिस क्लियरेन्स प्रमाणपत्र पेश गर्नबाट छुट दिइएको छ ।’

Indians no longer need police clearance for Saudi Arabia visa – Pragativadi

दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयासस्वरूप यो निर्णय गरिएको दूतावासले जनाएको छ । यो निर्णयपछि साउदी अरेबियाको भिसा पाउन सजिलो हुने अपेक्षा छ ।  साउदी अरबका वास्तविक शासक मानिने त्यहाँका युवराज मोहम्मद बिन सलमान यसै महिना भारत भ्रमणमा आउने कार्यक्रम थियो । आफ्नो प्रस्तावित भारत भ्रमणका क्रममा मोहम्मद बिन सलमानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री मोदीको पूर्वनिर्धारित कार्यक्रमका कारण यो भ्रमण तत्कालका लागि स्थगित भएको हो ।

पुलिस क्लियरेन्स सर्टिफिकेट के हो ?

पुलिस क्लियरेन्स सर्टिफिकेट पासपोर्ट धारकलाई जारी गरिएको कागजात हो । यस सरकारी कागजले राहदानी धारक कुनै फौजदारी मुद्दा वा कुनै किसिमको ठगी, कुटपिट, हत्या आदिमा संलग्न नभएको र निजविरुद्ध प्रहरी थानामा कुनै मुद्दा दर्ता नभएको उल्लेख गरिन्छ । 

कुनै व्यक्तिले आवासीय भिसा, रोजगार भिसा वा विदेश जानको लागि दीर्घकालीन भिसाको लागि आवेदन गर्दा यो प्रमाणपत्र आवश्यक हुन्छ । साउदी अरब भ्रमण गर्नेहरूलाई भने यो प्रमाणपत्र बनाइरहनु पर्दैनथ्यो । 

खाडी देशहरूमा ठूलो संख्यामा भारतीय

भारतीय विदेश मन्त्रालयका अनुसार करिब १.२५ करोड गैरआवासीय भारतीय (एनआरआई) २०० भन्दा बढी देशहरूमा फैलिएका छन् । यी ती व्यक्तिहरू हुन् जोसँग भारतीय राहदानी छ, तर तिनी सामान्यतः विदेशमा बस्छन् । यो १.२५ करोड भारतीयमध्ये पनि करिब ८७ लाख खाडी मुलुकमा मात्र रहेर काम अथवा व्यापार गर्छन् । करिब ३४ लाख भारतीय युनाइटेड अरब एमिरेट (युएई) मा मात्रै छन् । साउदी अरबमा करिब २६ लाख भारतीय बसोबास गर्छन् । 

भारत–साउदी सम्बन्धको महत्व

भारत र साउदी अरेबियाबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ र यसलाई अझ मजबुत बनाउन दुवै देशले पहल गर्दै आएका छन् । अक्टोबर २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका थिए । 

भ्रमणका क्रममा मोदीले अरब न्युज टिभीलाई दिएको अन्तर्वार्तामा साउदी अरबलाई दोस्रो घर बनाएका करिब २६ लाख भारतीयले सो देशको प्रगतिमा भारतलाई गर्व हुने बताएका थिए । उनले भारतीय आप्रवासीहरुले गर्दा दुई देश बीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बन्न सहयोग भएको बताएका थिए ।

खाडी मुलुकमा बसोबास गर्ने लाखौं भारतीयहरूले वर्षेनी अर्बौं डलर रेमिट्यान्सको रुपमा भारत पठाउँछन् । विश्व बैँकका अनुसार विदेशमा रहेका भारतीयहरूले गत वर्ष भारतमा ८७ अर्ब डलर पठाएका थिए र त्यसमा खाडी मुलुकमा काम गर्ने भारतीयहरूले ४५ प्रतिशतभन्दा बढी योगदान थियो । –बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो