प्राय कतिपय मानिसहरुले सानातिना कुराहरुमा ध्यान नदिदा कतिपय बिबाहित जोडीहरुको सम्बन्ध बिग्रने गरेको छ । विहेको केहीसमयसम्म त सबै सामान्य नै रहन्छ । तर अचानक केही त्यस्ता समस्याहरु आउँछन्, जसले वैबाहिक जीवनमा नकारात्मक असर पुर्याउछन् । त्येसैले हरेक जोडीले सुत्नु अगाडी यी कामहरु गर्न नछुटाउनुहोस ।
हरेक जोडीले बेडरुममा पनि केही कुराको विषेश ध्यान दिनुपर्छ । कतिपय अन्जानमा भएको गल्तीले सम्बन्धमाथि ठूलै असर पर्न सक्छ । त्येसैले यी नियम को पालना गर्नुस तपाईको वैबाहिक जीवन सुखमय हुनेछ ।
१. सुत्नुभन्दा अगाडी हातमा मोबाइल लिने बानी छ भने हटाईहाल्नुस । अझ सकेसम्म बेडरुममा टिभी नराख्दा राम्रो । सक्नुहुन्छ भने म्युजिक प्लेयर राख्नुहोस् र मधुर आवाजका साथ मजा लिनुहोस् । सुत्नुभन्दा पहिलेको समय ल्यापटप, टिभी र मोबाइलमा बिताउनुभन्दा आफ्नो जीवनसाथीसँग बिताएमा सम्बन्ध सुमधुर हुन्छ ।
२. धेरै बेरसम्म एक–आपसमा कुराकानी गर्नुहोस् । फरक–फरक तरिकाले माया दर्साउनुहोस् । छोएर, तारिफ गरेर अथवा मनका भावना साटेर प्रेम अभिव्यक्त गर्नुहोस् ।
३. यदि दुवै जनाको सुत्ने समय अलग–अलग भएमा सबैभन्दा पहिले यो बानी सुर्धानुहोस् । तपाईहरु दुवैजना सँगै सुत्न कोशिस गर्नुहोस् । यस्तो नहोस् कि एउटा निदाउने अर्को काममा व्यस्त हुने ।
४. तपाई आफ्नो जीवनसाथीलाई सुत्नुपूर्व गुडनाइट किस दिन नभुल्नुहोला । यी कुराहरुले तपाईको जीवनलाई सकारात्मक बाटोतर्फ डोर्याउन बल पुर्याउँछ ।
५. एकले अर्कालाई पुरै ध्यान दिनुहोस् र तारिफ गर्नुहोस् । सानो–सानो प्रशंसा नै तपाईको जीवनसाथीलाई एकदम खुसी बनाउने छ । सुत्नु अगाडी आफू उनको लागि महत्वपूर्ण भएको महशुस गराउनुहोस् । यस्ता कुराहरु सकेसम्म दिनहुँ गरेमा एक–अर्काप्रति विश्वास बढ्नेछ ।