२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

४ मंसिर २०७९, आईतवार ०७:४२

मङ्सिर ४, धादिङ | बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा  (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ । 

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।उहाँले मतदातासँग लाइनमै बसेर मतदान गर्नुभएको हो । 


मतदानपछि प्रतिक्रिया दिनुहुँदै पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो । 

पाण्डेसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी प्रतिस्पर्धामा हुनुहुन्छ । त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिका–३ को बागेश्वरी माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

धादिङ क्षेत्र नं २ प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले नीलकण्ठ नगरपालिका-६ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का खेमप्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका-७ सालबास मावी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्मकट्टेलले गजुरी गाउँपालिका-७ कटुञ्जे किराञ्चोक मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

त्यस्तै पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुुद्धिमान तामाङले रुविभ्याली गाउँपालिका-४ को मुक्राबदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  साथै पूर्व जलस्रोत राज्यमन्त्री ठाकुरनाथ शर्माले गजुरी गाउँपालिका–१ को आदर्श मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ