भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टी"/>
2026-06-25 08:54 PM
काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्न काँग्रेस महत्वपूर्ण भूमिका खेल्छ: सिंह

2016-09-15

भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

नेपाल तरुण दल काठमाडौँद्वारा आज आयोजित ‘निर्वाचित पदाधिकारी तथा सदस्यको पद हस्तान्तरण’ कार्यक्रममा नेता सिंहले संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएकाले सबै दल एकजुट हुनुपर्ने  बताए । 

नेता सिंहले डेढ वर्षभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताउनुभयो । उनले भने- “तीनवटा निकायको निर्वाचन गर्न दलबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।” 

नेका काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले काँग्रेसको विचारलाई आमयुवा माझ लैजान मेरुदण्डको रुपमा रहेको तरुण दलको ठूलो भूमिका रहने बताए । 

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेटेर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा तरुण दलका निवर्तमान अध्यक्ष गोकर्ण केसीले निर्वाचित सभापति कृष्णजी खड्कालाई पद हस्तान्तरण गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ