मङ्सिर ५, काठमाडौं | काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० र एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् ।
त्यस्तै नेपाल सुशासन पार्टीका रमेश खरेल २२५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले १७५ मत ल्याएका छन् ।