मङ्सिर ५, काठमाडौँ | देशभर विभिन्न निर्वाचन क्षेत्रमा मतगणना हुँदै छ। मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेले ७ ठाउँमा अग्रता लिएको छ।
यस्तै कांग्रेस ३ र राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एकएक स्थानमा अग्रता लिएका छन् ।
एमालेले झापा २, धनुषा ३, काठमाडौं ७, ललितपुर १, ललितपुर २, ललितपुर ३ र बाँके ३ मा अग्रता लिएको छ ।
कांग्रेसले काठमाडौं १, भक्तपुर २ र मुस्ताङ, राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की २ र जनमत पार्टीले सप्तरी २ मा अग्रता लिएको छ ।