मङ्सिर ५, काठमाडौँ | काठमाडौं ८ को मतगणना जारी छ । अहिलेसम्मको गणनामा ठूला दलहरुलाई पछि पार्दै नयाँ दलहरु मुख्य प्रतिस्पर्धामा रहेका छन् ।
प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६२१ मतसहित अग्र स्थानमा छन् । उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ६०३ मतका साथ पछ्याएका छन् ।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ चौंथो स्थानमा छन् । उनीहरुको मत क्रमशः ३०८ र २१३ रहेको छ ।