सधै हसिलो स्वभाव भएको र लोक गित संगितलाइ असाध्यै रुचाउने एक सल्यानी प्रतिभा रमेश क्षितीज गिरी । संगीतको बजारमा पस्कदैछन् आफ्नो सृजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सधै हसिलो स्वभाव भएको र लोक गित संगितलाइ असाध्यै रुचाउने एक सल्यानी प्रतिभा रमेश क्षितीज गिरी । संगीतको बजारमा पस्कदैछन् आफ्नो सृजना"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

तुलसीपुर चोकमा जम्काभेट भएपछि के भयो ? (भिडियोसहित)

३० भाद्र २०७३, बिहीबार १०:१७

सधै हसिलो स्वभाव भएको र लोक गित संगितलाइ असाध्यै रुचाउने एक सल्यानी प्रतिभा रमेश क्षितीज गिरी । संगीतको बजारमा पस्कदैछन् आफ्नो सृजना र जित्दैछन् लोकगित पारखिहरुको मन । शारदा नगरपालिका वडा नम्बर १५ मा जन्मीएका गिरी आमा लक्षीमा र बुवा दुर्गा प्रसादको कान्छो रोरा हुन् ।

विशेष गरि दोहोरि गित गाउनमा चासो राख्ने गिरीको केहि वर्ष पहिले बजारमा आएको ‘जता जान्छु धोकै धोका छ, हाँसो खुसि छैन यो मनमा पिर व्यथाको पोकै पोका छ’बोलको लोक दोहोरि गित श्रोताहरुले खुबै रुचाएका थिए । एल्वमहरु नियमित बजारमा ल्याउन नसके पनि गित संगितको क्षेत्रमा क्रियाशिल गायक गिरिको प्रस्तुततिमा ‘यो झिल्के ठिटो’बोलको लोक दोहोरि गित युट्युवामा भर्खरै सार्वजनीक भएको छ ।

रमेश क्षितीज गिरि र पूर्णकला विसिको खुलेको स्वरमा पार्वती राइ र पिस्कर पुनले छमछमी नाचेका छन् । गितमा शव्द र लय पनि रमेश क्षितीजकै छ ।

त्रिवेणि फिल्म्स् प्रालिबाट बजारमा आएको ‘यो झिल्के ठिटो’ बोलको यस गितले राम्रै चर्चा पाइरहेको र साथीभाइ, आफन्तीहरुबाट साथै अग्रज कलाकारहरुबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको गायक गिरिले जनाएका छन् ।

 जम्काभेट भाको तुलसिपुर चोकमा

भौँतारि राको थे मायाको भोकमा,

यो झिल्के ठिटोले विहे गर्ने भन्छ

भन्देउ न सोल्टीनी के गर्ने मन छ ।।

 हाँसेर बोल्ने बानी छ मेरो

मुटुमा मायाको खानी छ मेरो ।।

 यस्तै यस्तै मौलिक शव्दहरु र मनको कुना सम्म छुने खालको लयले सबैको ध्यान खिच्न सक्ने सामथ्र्य यस गितमा देखिएको छ । गायक गिरिले आगामी दिनमा अन्य सृजनाहरु पनि ल्याउने जनाउदै यस गितलाइ माया गरिदिन आग्रह गरेका छन् । -प्रस्तुति: शंकर केसी, सल्यान 

भिडियो हेर्नुस् !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान