२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

२०७९, ६ मंसिर मंगलवार ०१:१७

मङ्सिर ६, पर्बत । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । जिल्लामा कूल खसेको ६६ हजार दुई सय ७३ मतमध्ये बिहान ६ बजेसम्म  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ हजार आठ सय ५२ मत गणना गरिएको छ । 

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा (एमाले)का उम्मेदवार पदम गिरीलाई चार सय ८६ मतान्तरले पछि पारेका छन् । जोशीले चार हजार एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने गिरीले तीन हजार छ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरले तीन हजार नौ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले तीन हजार आठ सय १२ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले पाँच सय ३० मतले पछि पार्दै अग्रता कायम राखेका छन् । पछिल्लो  परिणामअनुसार कांग्रेसका तिवारीले तीन हजार एक सय ७१ र एमालेका बस्यालले तीन हजार सात सय मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार मतगणना जारी रहेको  र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट