भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । 
2026-09-18 06:34 PM
काठमाडौँ - KTM

१० वर्षे लामो पत्रकारिता छाडेर बाख्रापालन

भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । 

नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उनि तीन वर्षदेखि बाख्रापालन गर्दै आएका छन् । उनले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म सञ्चालन गरेका हुन् । “बोका तथा पाठीको माग अत्याधिक छ,” ३५ वर्षीय लम्सालले भने । 

करिब रु ११ लाखको लागतमा ५० वटा माउ बाख्रा राखेर सुरु गरेको फार्ममा अहिले ७५ बाख्रा रहेका छन् । विशेष गरी स्थानीय खरी जातका माउ बाख्रा र बोयर, जमुनापारी र बारबरी जस्ता उन्नत जातका बाख्राको क्रसबाट बोका तथा पाठी उत्पादन गरी उनले  बिक्री गर्दै आएका छन् । 

बोयरको क्रसबाट उत्पादन भएको बीउ बोकाको मूल्य प्रतिकिलो रु ६०० र बारबरीबाट उत्पादन भएको बीउको मूल्य प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ । यहाँ उत्पादन भएका बीउ बोका तथा पाठी जिल्लाका फेदीखोला, अर्जुनचौपारी, वालिङ, स्याङ्जा तथा स्थानीय ठाउँमा नै खपत हुने गरेको छ । 

“वार्षिक रु पाँच लाखसम्म आम्दानी हुन्छ,” लम्सालले भने, “यस पेसाबाट म पूर्णरुपमा सन्तुष्ट छु ।” विदेशी भूमिमा पसिना बगाउनका लागि विमानस्थलमा दैनिक युवाको लर्को लागिरहेको देख्दा दुःख लाग्ने गरेको तथा स्वदेशमै राम्रोसँग बुझेर जुनसुकै पेसा थालनी गरे पनि सफल भइने उनको धारणा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई