भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । 
४ बैशाख २०८२, बिहीबार
काठमाडौँ - KTM

१० वर्षे लामो पत्रकारिता छाडेर बाख्रापालन

३० भाद्र २०७३, बिहीबार ११:१३

भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । 

नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उनि तीन वर्षदेखि बाख्रापालन गर्दै आएका छन् । उनले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म सञ्चालन गरेका हुन् । “बोका तथा पाठीको माग अत्याधिक छ,” ३५ वर्षीय लम्सालले भने । 

करिब रु ११ लाखको लागतमा ५० वटा माउ बाख्रा राखेर सुरु गरेको फार्ममा अहिले ७५ बाख्रा रहेका छन् । विशेष गरी स्थानीय खरी जातका माउ बाख्रा र बोयर, जमुनापारी र बारबरी जस्ता उन्नत जातका बाख्राको क्रसबाट बोका तथा पाठी उत्पादन गरी उनले  बिक्री गर्दै आएका छन् । 

बोयरको क्रसबाट उत्पादन भएको बीउ बोकाको मूल्य प्रतिकिलो रु ६०० र बारबरीबाट उत्पादन भएको बीउको मूल्य प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ । यहाँ उत्पादन भएका बीउ बोका तथा पाठी जिल्लाका फेदीखोला, अर्जुनचौपारी, वालिङ, स्याङ्जा तथा स्थानीय ठाउँमा नै खपत हुने गरेको छ । 

“वार्षिक रु पाँच लाखसम्म आम्दानी हुन्छ,” लम्सालले भने, “यस पेसाबाट म पूर्णरुपमा सन्तुष्ट छु ।” विदेशी भूमिमा पसिना बगाउनका लागि विमानस्थलमा दैनिक युवाको लर्को लागिरहेको देख्दा दुःख लाग्ने गरेको तथा स्वदेशमै राम्रोसँग बुझेर जुनसुकै पेसा थालनी गरे पनि सफल भइने उनको धारणा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ