१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको परेपछि…

६ मंसिर २०७९, मंगलवार १६:१५

मङ्सिर ६, नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं १ स्थित ककनी गाँउपालिका वडा नं ५ का एकसय जना मतदातालाई समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्र दिएको पाइएको छ ।

जारी रहेको मत गणनाका क्रममा ककनी–५ मा स्थित जाल्पादेवी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका एकसय जना मतदाताले समानुपातिकतर्फ प्रदेशसभाको सट्टामा प्रतिनिधिसभाकै मतपत्रमा मतदान गरेको पाइएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान अधिकृतले हस्ताक्षर गरेको मतपत्र मतदातालाई दिन बसेका कर्मचारीको त्रुटिका कारण एक सय मतदाताले समानुपातिकतर्फ प्रतिनिधिसभाको मतपत्रमा नै दोहोर्याएर मतदान गरेको पुष्टि भएसँगै ती मतपत्र बदर गरिएको छ ।

“जुन मतपत्र जुन पेटिकामा परेको भए पनि गणना गर्ने निर्वाचन आयोगको निर्देशन भए पनि प्रदेशसभाको मतपेटिकामा फेला परेका प्रतिनिधिसभाको समानुपातिक प्रणालीको एकसय मतपत्र बदर गरिएको छ”, निर्वाचन अधिकृत भुसालले भन्नुभयो, “मतदाताले एक मतपत्रमा एक पटक मात्रै मतदान गर्ने अवसर पाउने हो । तर, यहाँ त प्रदेशसभाको मतपत्रको सट्टामा प्रतिनिधिसभा कै मतपत्रमा दोहो¥याएर मतदान गरेको पाइएकाले प्रदेशसभाको मतपेटिकामा भेटिएका एकसय मतपत्र स्वतः बदर हुने निर्णय निर्वाचन आयोगसँगको परामर्शमा गरेका छौँ ।”

ककनी गाँउपालिकामा कूल खसेको ११ हजार छ सय ८४ मतको गणनाको क्रममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच सय १९ मत बदर भएको छ भने प्रतिनिधिसभाको समानुपातिक र प्रदेशसभातर्फको दुवै निर्वाचन प्रणालीको मतगणना अहिले पनि जारी छ । त्यसक्रममा बदर मतको सङ्ख्या अपेक्षाभन्दा धेरै पाइएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो आज आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? कीर्तिपुरमा रिक्त पदका लागि मतदान जारी जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु यू-१९ एसिया कपमा‌ नेपालले आफ्नो दोस्रो खेल आज बंगलादेशसँग खेल्दै यस्तो रहेको छ, आज विदेशी मुद्राको विनिमय दर १३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल मलेसिया भ्रमणमा स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुदैँ आजको मौसम:तराईका केही स्थानहरूमा कुहिरो लागे र हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना विदेसबाट रेमिट्यान्स पठाएर एक करोड जितेकी प्रमिलालाई चेक हस्तान्तरण मलेसिया रोजगारीको नाममा भईरहेको मेडिकल सिन्डिकेट पुन: व्युताउने प्रयास हुँदै जापानको टोकियोमा नेपाल फेस्टिवल (फोटो फिचर) एनपीएल : मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्स विजयी पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाउन प्रचण्डको जोड चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो: मन्त्री आरजु राणा चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया: बीआरआईबारे विवाद अनावश्यक एनपीएल : विराटनगर किङ्सले दियो जनकपुर बोट्ल्सलाई १२८ रनको लक्ष्य एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै