सास | पछिल्लो महिनादेखि स्मार्टफोन पड्कने घटनाहरू बढेको छ | सामसुंगको फ्ल्यागशिप Galaxy Note7 होस् वा Galaxy S7 Edge, पछिल्लो समय स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | पछिल्लो महिनादेखि स्मार्टफोन पड्कने घटनाहरू बढेको छ | सामसुंगको फ्ल्यागशिप Galaxy Note7 होस् वा Galaxy S7 Edge, पछिल्लो समय स्"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

साबधान ! सामसुङ स्मार्टफोन पड्कनुको कारण र बच्ने उपाय जानीराख्नुस्

२०७३, ३० भाद्र बिहीबार ११:५६

सास | पछिल्लो महिनादेखि स्मार्टफोन पड्कने घटनाहरू बढेको छ | सामसुंगको फ्ल्यागशिप Galaxy Note7 होस् वा Galaxy S7 Edge, पछिल्लो समय स्मार्टफोन पड्कने समस्या आएपछि कम्पनीले नै त्यसको समाधानको लागि अहिले ति फोनहरु बेच्न छाडेर मर्मततर्फ लागेको छ | तर समस्या यतिमा सिमित छैन अन्य स्मार्टफोनहरु पनि पड्कने समास्या आउने गरेको छ | 

सामसुंग Note7 मा मात्र नभई फोन पड्कने घटना पहिले पनि आउने गरेको समस्या हो | यो समस्या तबसम्म रहन्छ जबसम्म स्मार्टफोनमा Lithium-ion सेल (ब्याट्री) प्रयोग गरिन्छ | स्मार्टफोन पड्कने प्राय घटना चार्जिंग गर्दैगर्दा हुने गर्छ | तर पछिल्लो समयको आंकडा अनुसार चार्जिंग बाहेकको समयमा पनि स्मार्टफोन पड्कने गरेको छ | 

जान्नुहोस् किन पड्कन्छ स्मार्टफोन ? 

स्मार्टफोनहरुमा Lithium ब्याट्रीको कारण पड्कन्छ- यसको कारण ब्याट्री तात्ने वा खराबीको कारण हुन्छ | चार्जिंग सर्किट र इनपुट पावरमा केहि गलत भएको कारण पनि यस्तो समस्या आउँछ, अहिले सामसुंगको पछिल्लो फोनमा यही समस्या छ | ब्याट्रीको चार्जिंग सर्किट बिग्रंदा चार्जमा नजोडेको बेलामा पनि चार्ज भईरहने समस्या देखिन्छ जसको कारण ब्याट्री तात्छ | निरन्तर तातेपछी भित्र पग्लिन्छ र पड्कन्छ | 

लिथियम ब्याट्री हल्का हुन्छ, यसलाई सहजै चार्ज गर्न सकिन्छ र धेरै ब्याकअप पनि दीने गर्छ | यसको इलेक्ट्रोड छुट्याउने तह निकै कमजोर हुन्छ | यदी मोबाइल खस्दा वा कुनै कारण उक्त सर्किटमा खराबी आउन सक्छ र ब्याट्रीमा खरावी आई पड्कनेसम्म हुन्छ |

जुन पायो त्यहि चार्जर प्रयोग नगर्नुस 

त्यस्तै अर्को महत्वपूर्ण कुरा के पनि हो भने हामीले जुन पायो त्यहि चार्जर आफ्नो मोबाइलमा घुसाईरहेका हुन्छौं जसको कारण ब्याट्रीमा खराबी आउँछ | यसको कारण प्रोटेक्शन सर्किटमा खरावी आउन सक्छ | 

लगातार चार्ज नगर्नुस 

प्रिस्टन यूनिभर्सिटीका मेटेरियल वैज्ञानिक ड्यान स्टीनगर्टका अनुसार ब्याट्री एक रबर ब्याण्ड जस्तै हुन्छ | जब यसलाई चार्ज गरिन्छ तब रबर ब्याण्ड जोडिदै जान्छ, लगातार चार्ज गरिरहंदा रबर ब्याण्ड रीलीज हुन नपाई तन्कन्दै जाँदा रबर ब्याण्ड फाट्छ र ब्याट्रीमा खरावी आउसक्छ |

यसरी बच्नुस 

- स्मार्टफोनसँग जुन चार्जर आउँछ सोहि चार्जरको मात्र प्रयोग गर्नुस वा सोहि कम्पनीकै चार्जर मात्र प्रयोग गर्नुस | 

- फोनको ब्याट्री ओरिजनल किन्नुस् वा सम्बन्धित मोबाइलको सर्भिस सेन्टरमा लगेर मात्र परिवर्तन गर्नुस् |

- चार्जिंग गर्दै गर्दा फोन तातो स्थानमा नराख्नुस् | 

- चार्ज गर्दैगर्दा फोनको प्रयोग धेरै नगर्नुस | 

- ब्याट्री ५०% भन्दा कम भएपछी मात्र चार्ज गर्नुस |

- रातभर फोन चार्ज नगर्नुस | 

- लोकल पावर बैंक प्रयोग गर्नबाट बच्नुस | राम्रो कमोपनीलप सर्टिफाइड पावर ब्यांक मात्र प्रयोग गर्नुस |

- आफ्नो फोनलाई सिधा घाममा नराख्नुस |

- फोन तत्काल तात्ने वा त्यस्तै अस्वभाविक समस्या आउनासाथ सर्भिस सेन्टरमा देखाउनुस | 

- स्मार्ट फोनमा नचाहिदा एप्स डाउनलोड नगर्नुस | यसले स्मार्टफोनलाई ज्यादै व्यस्त बनाईराख्छ र तात्ने समस्या हुन्छ | में दें उनसे इसकी वजह पूछें.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन