१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलमा आज ४ खेल हुँदै, एसियन ‘पावरहाउस’ जापान र जमर्नीबीच रोचक भिडन्त

७ मंसिर २०७९, बुधबार ०७:५२

मङ्सिर ७, काठमाडौँ । कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज (बुधबार) ४ खेल हुँदैछन्। पहिलो खेल ३:४५ बजे समूह ‘ए’ का क्रोएसिया र मोरक्कोबीच हुँदैछ। यो खेल अल बेत स्टेडियममा हुँदैछ।

सन् २०१८ को विश्वकप फाइनलिस्ट क्रोएसिया र मोरक्कोबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। विश्वकपमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन्।


दोस्रो खेल समूह ‘ई’ का जर्मनी र जापानबीच हुँदैछ। नेपाली समयानुसार ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा यी दुई देशबीचको खेल हुनेछ।

एसियन ‘पावरहाउस’ जापान र विश्वकपको सदाबहार दाबेदार राष्ट्र जमर्नीको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। यी दुई देश पनि विश्वकपमा पहिलोपटक आमनेसामने हुँदैछन्। 

यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा जर्मनीले एक खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो। 

आजकै तेस्रो खेलमा समूह ‘ई’ कै स्पेन र कोस्टारिका खेल्दैछन्। अल थुमामा रंगशलामा राति ९:४५ बजे यी दुईको खेल हुँदैछ। विश्वकपमा यी दुई राष्ट्र पनि पहिलोपटक एकअर्कासँग प्रतिस्पधा गर्दैछन्। यसअघि यी दुईबीच भएका ३ अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ३ वटैमा स्पेनले जित निकालेको थियो।

त्यसैगरी आजको अन्तिम खेलमा समूह ‘एफ’ को बेल्जियम र क्यानडाबीच हुँदैछ। राति १२:४५ बजे यी दुईको खेल अहमद बिन अलि रंगशालामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड