2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलमा आज ४ खेल हुँदै, एसियन ‘पावरहाउस’ जापान र जमर्नीबीच रोचक भिडन्त

मङ्सिर ७, काठमाडौँ । कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज (बुधबार) ४ खेल हुँदैछन्। पहिलो खेल ३:४५ बजे समूह ‘ए’ का क्रोएसिया र मोरक्कोबीच हुँदैछ। यो खेल अल बेत स्टेडियममा हुँदैछ।

सन् २०१८ को विश्वकप फाइनलिस्ट क्रोएसिया र मोरक्कोबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। विश्वकपमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन्।


दोस्रो खेल समूह ‘ई’ का जर्मनी र जापानबीच हुँदैछ। नेपाली समयानुसार ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा यी दुई देशबीचको खेल हुनेछ।

एसियन ‘पावरहाउस’ जापान र विश्वकपको सदाबहार दाबेदार राष्ट्र जमर्नीको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। यी दुई देश पनि विश्वकपमा पहिलोपटक आमनेसामने हुँदैछन्। 

यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा जर्मनीले एक खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो। 

आजकै तेस्रो खेलमा समूह ‘ई’ कै स्पेन र कोस्टारिका खेल्दैछन्। अल थुमामा रंगशलामा राति ९:४५ बजे यी दुईको खेल हुँदैछ। विश्वकपमा यी दुई राष्ट्र पनि पहिलोपटक एकअर्कासँग प्रतिस्पधा गर्दैछन्। यसअघि यी दुईबीच भएका ३ अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ३ वटैमा स्पेनले जित निकालेको थियो।

त्यसैगरी आजको अन्तिम खेलमा समूह ‘एफ’ को बेल्जियम र क्यानडाबीच हुँदैछ। राति १२:४५ बजे यी दुईको खेल अहमद बिन अलि रंगशालामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक