२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुसा उम्रिएको आलु खानु अघि बुझ्नुहोस् : बढ्न सक्छ ब्लड सुगर र फुड पोइजनिङको खतरा

२०७९, ७ मंसिर बुधबार ०८:३३

काठमाडौँ । आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ । कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरुले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् । भारतकी डाइटिशियन स्वाती विष्णोईले टुसा उम्रिएको आलु खान हुन्छ कि हुँदैन भन्नेबारे जानकारी दिएकी छिन् ।

टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खनुा  स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । आलुको खाल्डा भएको ठाउँबाट टुसाहरु निस्कन सुरु हुन्छन् । टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुईै अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ । सेलोनिनलाई विषाक्त मानिन्छ ।

हरियो रंगको आलु पनि खानु हुँदैनः

हल्का हरियो रङको आलु पनि खानु हुँदैन । आलुको तरकारी बनाउनु अघि, हरियो भाग काटेर अलग गर्नुपर्छ । हरियो आलु खाँदा पनि फूड पोइजनिङ हुनसक्छ । आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ । अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्व हुन्छ । तर यदि आलु धेरै दिनसम्म राखिएके छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ ।  


आलुले ब्लड सुगर बढाउँछ

नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार टुसा उम्रेको आलु फ्याँक्दा नै राम्रो हुन्छ । धेरैजसो घरमा आलु एकैपटक किन्ने गरिन्छ । फलस्वरुप केही दिनपछि नै यसमा टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरु यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन् । यो टुसा उम्रेको आलु स्वास्थ्यका लागि फाइदाजनक छ वा हानिकारक भनेर कहिल्यै सोच्नुभएको छ ? यसमा नेशनल क्यापिटल पोइजन सेन्टरले घरमा भएको आलु टुसा उम्रिएको छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ । यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन् । टुसा उम्रिएको आलु विषालु हुन्छन् । नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार आलुमा प्राकृतिक रुपमा केही विषालु तत्व जस्तै सोलेनिन र चाकोनाइन हुन्छ तर यो निकै कम मात्रामा पाइने गर्छन् । तर यसको बिरुवा पा पातमा यो अतयधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुबै विषालु तत्वको मात्रा बढ्न थाल्छ । त्यसैले यस्ता आलुलाई कुनै पनि रुपमा खाँदा शरीरमा ती तत्व प्रवेश गर्ने गर्छन् । रिपोर्टका अनुसार एक वा दुई पटक यस्ता आलु खाँदा शरीरलाई खासै हानी नभएपनि लगातार यस्तो आलु खाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्, विशेषगरी पेटसँग सम्बन्धित ।

यस्ता लक्षण देखिन सक्छन्

रिपोर्टका अनुसार यदि आलुको विषाक्त तत्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन् । जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने ।  कतिपयमा यसका लक्षणहरू हल्का हुन्छन् भने कतिपयमा यी लक्षणहरूले गम्भीर रूप लिन सक्छन् । गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन् । यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ । त्यसैले सतर्क रहनुहोस् ।

आलु टुसा उम्रिनबाट कसरी रोक्ने ?

– यदि आलुमा हरियो रङ देखिएको छ वा पहिलादेखि नै टुसा उम्रिन थालेको छ भने त्यसलाई निकाल्नुहोस् ।

– आलुलाई यस्तो ठाउँमा राख्नुहोस् जहाँ सूर्यको किरण पुग्दैन । धेरै चिसो ठाउँमा पनि नराख्नुहोस् ।

– यसलाई सधैं प्याज जस्ता तरकारीहरूबाट अलग राख्नुहोस्, किनकि यसले ग्यास छोड्छ, जसका कारण आलुमा टुसा उम्रिन थाल्छ ।

– यदि तपाईंले धेरै आलुहरू किन्नुभएको छ भने, त्यसलाई कटनको ब्यागमा राख्न सक्नुहुन्छ । ब्याग यस्तो हुनुपर्छ जसबाट हावा पास हुन सकोस् ।

– टुसा उम्रेको आलुलाई बगैँचामा रोपेर अन्य आलु फलाउन सक्नुहुन्छ  । दैनिक भास्कर

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ