१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित

७ मंसिर २०७९, बुधबार ०९:३१

मङ्सिर ७, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को  प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा ९एमाले०का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।


विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।

झापा क्षेत्र नं। २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयो । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गर्नुभएको छ । उहाँ २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी हुनुभएको थियो ।

यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी हुनुभएको छ । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नं। ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड