2026-09-12 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङका छ सिटमै गठबन्धनका उम्मेवार विजयी

मङ्सिर ७, बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मदेवारले जित निकालेका हुन् ।

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसद्को यात्रा तय गर्नुभएको हो । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जित्नुभएको थियो । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसद्मा पुग्नुभएको थियो ।  

अहिलेको निर्वाचनमा नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्दै केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार आठ सय २५ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा नौ हजार एक सय ८१ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो स्थानमा सीमित हुनुभयो ।

बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल विजयी हुनुभएको छ । पौडेलले चार हजार पाँच सय ९९ सय मतान्तरसहित नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको हो । 

पौडेलले २४ हजार सात सय ७९ र चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो । पौडेल विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । 

प्रदेशसभातर्फ १ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई पराजित गर्नुभयो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीको १२ हजार चार सय पाँच मत आयो । विसं २०७४ को चुनावमा पराजित थापा गठबन्धनको जगमा यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो । 

१ (२) मा १३ हजार तीन सय २० मतसहित कांग्रेसका डिल्लीराम सुवेदी विजयी बन्नुभएको छ । कांग्रेसका कान्छा उम्मेदवारमध्येका सुवेदीले भारी मतान्तरसहित एमालेका नवराज पौडेललाई पराजित गर्नुभएको हो । पौडेलले सात हजार दुई सय ५३ मत ल्याउनुभयो । 

त्यस्तै निर्वाचन क्षेत्र नं २ (१) मा कांग्रेसका जित शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पराजित गर्नुभयो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । शेरचन तेस्रोपटकमा प्रदेशसभामा पुग्न सफल हुनुभएको हो । विसं २०७४ र २०७६ को उपनिर्वाचनमा शेरचन पराजित हुनुभएको थियो । 

निर्वाचन क्षेत्र नं २ (२) मा एमालेका लक्ष्मण पुनलाई पराजित गर्दै कांग्रेसका द्रोण कुँवर विजयी बन्नुभएको छ ।कुवरले १२ हजार चार सय आठ र पुनले आठ हजार छ सय ७१ मत प्राप्त गर्नुभयो । विसं २०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनसँग जिल्लाका सबै क्षेत्रमा पराजित कांग्रेसले यसपटक प्रदेशसभाका चार वटै सिटमा जित निकाल्न सफल भएको छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभामा पठाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस