१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी मैदानमा कलाकार: कोमल ओली र हिमेश पन्तले हारे चुनाव, अरुको अवस्था के ?

९ मंसिर २०७९, शुक्रबार ०६:२९

मंसिर ९, काठमाडौँ | प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही कलाकार प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् ।

एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए ।

चुनावी मैदानमा कलाकार, कसकाे अवस्था के ? :: शिलापत्र संवाददाता ::  Shilapatra शिलापत्र – खबरको स्थायी ठेगाना

धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि पराजित भए । उनले १२ हजार ४७५ मत ल्याए । यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी रहे ।

मोरङ-३ मा जारी मतगणनामा (बिहान ११ः३० सम्म) अभिनेत्री तथा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । रेखाले ९ हजार ९३९ मत ल्याउँदा कांग्रेसका सुनिलकुमार शर्मा ४३ हजार १६५ मत ल्याउँदै अग्रता लिइरहेका छन् ।

प्रत्यक्षतर्फ, काठमाडौं-६ मा स्वतन्त्र उम्मेदवारी दिएका गायक संजय श्रेष्ठ र कलाकार सिते बा पराजित भैसकेका छन् ।

प्रदेशतर्फ कांग्रेसबाट फिल्म निर्माताद्धय रोज राणा र मधुकुमार श्रेष्ठ तथा एमालेबाट बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । ‘२ नम्बरी’ फेम्ड फिल्म निर्माता तथा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजिव गुरुङ मनाङबाट प्रदेश सदस्यमा निर्विरोध भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा