2026-10-31 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

मङ्सिर ११, कालीकोट | कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो ।  

प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन् । जिल्लामा निर्वाचनको मतगणना सकिएको यसको नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ हजार दुई सय २९ र प्रदेशसभातर्फ १५ हजार दुई सय ५१ मत पाएको छ । एमालेले प्रतिनिधिसभातर्फ १२ हजार पाँच सय ६४ र प्रदेशसभातर्फ १२ हजार तीन सय ३९ मत पाएको छ । कांग्रेसले प्रतिनिधिसभामा १० हजार पाँच सय ८५ र प्रदेशसभातर्फ नौ हजार २० मत समानुपातिकमा पाएको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फ दुई हजार ५६, प्रदेशसभामा दुई हजार एक सय २१, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा एक हजार दुई ४०, प्रदेशसभामा एक हजार पाँच सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा एक हजार दुई सय ७३, प्रदेशसभामा एक हजार आठ सय ८२ मत पाएको छ ।

जिल्लामा प्रतिनिधिसभामा उम्मेदवार नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ छ सय एक मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा ४६ हजार छ सय ६९ मत खसेको मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना