2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी कुराप्रति सावधान हुनुहोस्…

मङ्सिर १२, काठमाडौँ । तपाइँले बेलैमा ख्याल गर्नुभएन भने सानो प्रलोभनमा पर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आइपर्न सक्छ । त्यसैले समयमै सचेत हुन केही कुराहरूमा ध्यान दिनैपर्छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले यसरी सावधानी नअपनाउँदा मानिसहरू ठगीमा परेको जनाउँदै सचेत हुन आम नागरिकलाई केही टिप्सहरू दिएको छ । ती कुरामा थोरै मात्रै ख्याल गर्न सकियो भने पनि ठूलो क्षति हुनबाट जोगिन सकिने ब्यूरोले जनाएको छ । 

ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायले विगत केही समयदेखि  आपराधिक समूह तथा व्यक्तिले प्रविधिको दुरुपयोग गरी विभिन्न बहानामा अनलाइनबाट ठगी गरिरहेको र उक्त अपराधमा दैनिक वृद्धि भइरहेको पाइएकाले सचेत रहन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । 

उहाँले अनलाइनमा चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लियरेन्स गर्नुपर्ने बहाना बनाई रकम माग गरेमा विशेष सावधानी रहन र प्रहरीमा खबर गर्न आग्रह गर्नुभएको छ । 

ब्यूरोले तपाइँको नाममा अनलाइनमा चिठ्ठा पर्यो भनी विभिन्न बहानामा रकम माग गरेमा, सामाजिक सञ्जाल ट्र्याक गरी उक्त सञ्जालका प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी रकम माग गरेमा, साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनी ओटिपी कोड माग गरी खाताबाट रकम निकाल्ने जस्ता गतिविधिबाट समेत हुन पनि अनुरोध गरेको छ । 

यस्तै अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिले नै रकम असुल गरी सामान आपूर्ति गर्ने, सामाजिक सञ्जालमा प्रेममा पारेर बैंकको खाता खोल्न लगाई एटिएम कार्ड र ओटिपी कोडलगायतको विवरण लिने, भिडियो भाइरल गरिदिन्छु भनी रकम माग गर्ने तथा क्रिप्टोकरेन्सी वा क्वाइनमा लगानी गरे आर्थिक लाभ हुन्छ भनी रकम माग गर्नेजस्ता गतिविधिप्रति पनि सचेत रहन ब्यूरोले सबैमा अनुरोध गरेको छ । 

यस्ता गतिविधिका कारण रकम ठगीमा पर्ने गरेका व्यक्तिको उजुरी प्रहरीमा आइरहेको र त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक