१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँक्ने युवती को हुन् ?

१३ मंसिर २०७९, मंगलवार ०६:३३

मङ्सिर १३, काठमाडौँ | आज मंगलबार बिहान सर्वोच्च अदालत अगाडि एउटा ट्याक्सी रोकियो । त्यो ट्याक्सीबाट सेतो पहिरन लगाएकी एक युवती ओर्लिइन् र रातो रंगको घोल राखिएको बट्टा सर्वोच्चको गेट अगाडि फ्याँकिन् । त्यसपछि ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याउन थालिन् । त्यसलगत्तै प्रहरीहरुले नियन्त्रणमा लिएर उनलाई भ्यानमा राखे ।


यसरी न्याय माग्ने युवती हुन् सिरहाकी बिनु यादव । श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै संघर्षरत उनले आज बिहान सर्वोच्च अदालत अगाडि रातो रंग फ्याँकेर विरोध जनाइन् ।

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेपछि उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’


विरोध जनाउन उनी सर्वोच्च अदालत आउन लागेको जानकारी पहिल्यै नै प्रहरी र सञ्चारकर्मीहरुले पाइसकेका थिए । त्यही भएर प्रहरीहरुको तैनाथी बढाइएको थियो ।

बिनु यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । उनले केही महिना अगाडि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह