१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद बने श्रीमान्-श्रीमती

१३ मंसिर २०७९, मंगलवार ०७:१३

मङ्सिर १३, धनुषा | नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका छन्।

एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतोको दम्पती एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएको हो।

जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए।


समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्।

उनका श्रीमान् रघुवीर महासेठले मंगलबार धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन्।

रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत पाएका छन्।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

रघुवीर र जुली दुबै जना यसअघि मन्त्री भइसकेका छन्।

जुलीका दाजु वीरेन्द्र महतो पनि यसपालिको चुनावमा विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनले सिराहा-४ बाट जित हात पारेका छन्।

यसपालिको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि प्रत्यक्षमा चुनाव लडेका थिए। वर्षमानले रोल्पाबाट चुनाव जित्दा ओनसरी काठमाडौं-२ मा पराजित भएकी छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै