२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा लामखुट्टेले टोक्दा कोमामा, गर्नुपर्यो ३० वटा शल्यक्रिया

२०७९, १४ मंसिर बुधबार ०६:०२

मङ्सिर १४, काठमाडौँ | लामखुट्टेले सार्ने डेंगु रोगबाट पछिल्लो समय नेपालमा धेरै मानिस प्रभावित भए । केही मानिसले यसबाट ज्यान पनि गुमाए । उता जर्मनीमा भने लामखुट्टेले टोक्दा एकजना व्यक्ति कोमामा पुगेका छन् । उनको उपचारको क्रममा ३० वटा शल्यक्रिया गर्नुपरेको छ ।

समाचार अनुसार ती युवकलाई लामखुट्टेले उनको जाँघमा टोकेको थियो । सामान्य रुपमा लामखुट्टेले टोकेको ठाउँमा केहीबेर चिलाएर सन्चो हुनुपर्ने थियो । तर उनको हकमा त्यस्तो भएन । लामखुट्टेले टोकेको ठाउँमा असहज महसुस हुनथाल्यो र त्यहाँबाट संक्रमण फैलिँदा उनी अस्पतालमै भर्ना हुनुपर्यो ।


अस्पताल भर्नापछि पनि उनको समस्या रोकिएन । उनको स्वास्थ्यमा अन्य विभिन्न समस्या आउन थाले । अस्पतालमा भर्ना भएका ती युवकको शरीरमा संक्रमण यति धेरै फैलियो कि कलेजो, मृगौला, मुटु तथा फोक्सो समेतले काम गर्न छाडे ।

डाक्टरहरुले सुरुमा उनको जाँघको शल्यक्रिया गरे । त्यसपछि उनको स्वास्थ्य अवस्था सामान्य होला भन्ने अपेक्षा थियो । तर अवस्था सुधार हुनुको साटो संक्रमण झनै फैलियो । त्यसपछि उनको जाँघमा विभिन्न प्रकारका छाला सम्बन्धी चिजहरु प्रत्यारोपण गर्नुपर्यो ।

स्वास्थ्य बिग्रिँदै र नयाँ–नयाँ समस्या देखिँदै जाँदा साना ठूला गरी उनका ३० वटा शल्यक्रिया गर्नुपर्यो र उनी कोमामा गए ।

उनलाई लामखुट्टेले टोकेको केही महिना अगाडि नै हो । तर हालै उनी कोमामा पुगेपछि त्यसले चर्चा पाएको छ ।

ती व्यक्तिलाई एसियन टाइगर प्रजातिको लामखुट्टेले टोकेको थियो । यसलाई लामखुट्टेको खतरनाक प्रजाति मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते