२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी द भ्वाइसको शीर्ष ८ मा प्रवेश गरिन् परिजिता बाँस्तोला

१४ मंसिर २०७९, बुधबार ०६:२६

मङ्सिर १४, काठमाडौँ | नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश गरेकी छन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।

आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाई दिएकी छन् । काराले परिजितालाई उक्त सन्देशमा बधाई तथा शुभकामना भनेकी छन् ।

प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउन आग्रह गरिरहेका छन् । नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन् ।

सेमिफाइनल प्रवेश गरेपछि भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी प्रतिस्पर्धा पक्कै कठिन हुने भए पनि आफू उत्साहित रहेको बताएकी छन् । आफूलाई सक्दो भोट गर्न उनले अपील गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…