मङ्सिर १४, काठमाडौँ | विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जर्मन फुटबल संघलाई जरिवाना गरेको छ। खेलअघिको प्रेस कन्फ्रेन्समा आफ्ना खेलाडीलाई नल्याएको भन्दै जरिवाना गरेको हो।
८ हजार ८ सय पाउण्ड जरिवाना गरिएको फिफाले जनाएको छ। आफ्नो म्याचअघि हुने प्रेस कन्फ्रेन्समा एक जना खेलाडी र प्रशिक्षक अनिवार्य उपस्थित हुनुपर्ने नियमलाई उल्लघंन गरेपछि जर्मनीलाई जरिवाना गरिएको फिफाले जनाएको छ। शनिबार भएको प्रि–म्याच कन्फ्रेन्समा खेलाडीबिना प्रशिक्षक हान्सी फ्लिक मात्र उपस्थित भएका थिए।
यसअघि जर्मनीसहितका अन्य देशहरुले कतारमा भएको यौनिक लैगिक तथा अल्पसंख्यकमाथि र महिलामाथि हुने गरेको हिंसाको विरोध गर्दै आर्म ब्याड बाँधेर फुटबल खेल्न लागेका थिए। फिफाले कारबाही गर्ने भएपछि जर्मनसहितका टोली उक्त तयारीबाट पछि हटेका थिए। पछि जर्मन टिमले खेल सुरु हुनुअघि मुख छोपेका थिए।