2026-06-25 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति, स्थीरता र आर्थिक समृद्धि नेपालमा हाम्रो चाहाना: मोदी

2016-09-16

भदौ ३१, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको चाहना भएको बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्दै हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका लागि नयाँ र समृद्ध सम्बन्धको विकसित चरणअन्तर्गत हातेमालो गर्न आफू तयार रहेको पनि उल्लेख गरे । 

भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानमा समेटिनु पर्ने आवाजलाई संवादको माध्यमबाट सम्बोधन गर्दै नेपालका राजनीतिक दलहरुले लोकतन्त्रको संस्थागत विकास गर्न सकोस् भन्ने चाहना पनि व्यक्त गरे । 

प्रधानमन्त्री मोदीले भने– “म विश्वस्त छु, नेपालका नेतृत्वले संविधानमा सबै पक्षको समावेशीताका लागि आवश्यक संवाद गरी कार्यान्वयन गर्नेछ ।” 

प्रधानमन्त्री मोदीले मित्रताको इतिहासमा प्रधानमन्त्री दाहालको यस कार्यकालको पहिलो विदेश भ्रमण भारतमा भएकामा खुसी व्यक्त गरे। दुई देशको खुल्ला सिमाना, समान संस्कृति र अन्तरसम्बन्ध तथा सरकार–सरकार र जनता–जनताबीचको सहकार्य र सहसंस्कृतिको मौलिक र ऐतिहासिक सम्बन्धको चर्चा गर्दै उनले नेपालको विकास आयोजनामा भारतको सहकार्य हुने विश्वास व्यक्त गरे । 

आफूहरुको वार्तामा भूकम्पपछिको पुनःनिर्माणका लागि १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण र तराईको सडक विस्तार आयोजनाका लागि अतिरिक्त सहुलियत ऋणका बारेमा समझदारी भएको जनाकारी दिँदै उनले सबै प्रकारका ‘कनेक्टिभिटी’का लागि भारत आर्थिक सहायता दिन र सहकार्य गर्न तयार रहेको जानकारी दिए । 

नेपालको जलविद्युत् विकास आयोजना, प्रसारण लाइन विस्तार, आयुर्वेदिक औषधिको उत्पादनजस्ता विषयमा पनि थप सहकार्य हुने उनको भनाइ थियो । भारतीय प्रधानमन्त्रीले सबै विकास परियोजनामा दुबै पक्षको नियमित अनुगमन र समयबद्ध कार्यान्वयनका विषयमा सहमति भएको पनि जानकारी  दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ