३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेनदेनको विषयमा विवाद हुँदा इन्द्रचोकमा एक चिनियाँले गरे दुई चिनियाँमाथि चक्कु प्रहार

१८ मंसिर २०७९, आईतवार १०:१९

मङ्सिर १८, काठमाडौँ । काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भएको छ। 

आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान साउजिंगमाथि चक्कु प्रहार गरेका हुन्।

प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको हो। दुई वर्ष उनीहरू जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ।

घाइते दुबै जनाको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। लि चुआनको पेटमा र साउजिंगको कानमा चोट लागेको एसपी मैनालीले बताए। उनका अनुसार लिको अवस्था गम्भीर छ।

प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार