२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

विश्वको सबैभन्दा महँगो आलु, किलोको ६८ हजार रुपैयाँ

२०७९, १८ मंसिर आईतवार ११:४१

मङ्सिर १८, काठमाडौँ । आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु हुँदैन होला । तर यो साँचो हो । विश्वमा आलुको एउटा यस्तो प्रजातिको खेती हुन्छ जसको एक किलोको मूल्य करिब ६८ हजार पर्छ ।


कहाँ हुन्छ यसको खेती ?

ली बोनोटे (Le Bonnotte) नामका यो आलुको खेती फ्रान्सको एक द्वीप Ile de Noirmoutier मा हुन्छ । बलौटे माटोमा यसको खेती हुन्छ । समुद्री झारले यसको मलको रुपमा काम गर्छन् । यसको खेती ५० वर्गमिटरको जमिनमा हुने बताइन्छ ।

विश्वको पाँच सर्वाधिक महँगो तरकारीमा पर्छ

पोटेटोरिभ्यु वेबसाइटका अनुसार प्रति किलोग्राम यसको औसत मूल्य ५०० युरो अर्थात् नेपाली ६८ हजार रुपैयाँ पर्छ । यद्यपि, यसको मूल्य माथि–तल भइरहन्छ । अन्तरराष्ट्रिय कम्पनी क्वान्डे नास्ट ट्राभलले यसलाई विश्वको पाँच सबैभन्दा महँगो तरकारीमा समावेश गरेको छ ।

आलुको सबैभन्दा दुर्लभ प्रजाति

यो आलुलाई दुलर्भ प्रजातिको श्रेणीमा राखिएको छ । ली बोनोटे (Le Bonnotte) लाई प्रत्येक वर्ष १० दिनसम्म मात्रै उपलब्ध गराइन्छ । यसको खेतीका लागि निकै सावधानी अपनाउनुपर्छ । ली बोनोटे (Le Bonnotte) आलुलाई रोपेको तीन महिना पछि यसलाई खनेर निकालिने गरिन्छ । फेब्रुअरीमा यो रोपिन्छ र मेमा यो खन्ने गरिन्छ ।

यो आलुको स्वाद नुनिलो हुन्छ भनिन्छ । यसको प्रयोग प्युरी, सलाद, सुप र क्रिमको तयारीका लागि गरिन्छ । साथै थुप्रै रोगविरुद्ध यसको सेवन फाइदाजनक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै