२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडोमा शरीरलाई न्यानो बनाउन यी पाँच ड्राइफ्रुट्स खानुहोस्

१९ मंसिर २०७९, सोमबार ०८:१८

मङ्सिर १९, काठमाडौँ | ड्राई फ्रुट्सलाई ​​स्वस्थकर स्न्याक्सको रुपमा लिन सकिन्छ । विशेषगरी जाडो मौसममा ड्राइ फ्रुट्सको सेवन गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै समस्याबाट बच्न सकिन्छ । साथै, यो चिसोबाट राहत प्रदान गर्न प्रभावकारी छ । ड्राई फ्रुट्समा धेरै पोषक तत्वहरू पाइन्छ, जुन तपाईंको स्वास्थ्यको लागि सुपरफुड साबित हुन सक्छ । केही यस्ता ड्राई फ्रुट्स छन्, जसको प्रभाव तातो हुन्छ । जाडोमा तातो प्रभावका साथ यी ड्राई फ्रुट खाँदा चिसोबाट राहत पाउन पनि सकिन्छ । जाडोमा शरीरलाई न्यानो राख्न तातो प्रभाव पार्ने ड्राई फ्रुट्स के के हुन् यसबारे जानकारी लिऔँ :

5 dry fruits that you must include in your winter diet | Almonds to  Pistachios | 5 News – India TV

तातो प्रभाव भएका ड्राई फ्रुट्स

तातो प्रभाव भएका ड्राई फ्रुटको सेवन गर्दा चिसोबाट राहत पाउन सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ

जाडोमा ओखर खानुहोस्

जाडो मौसममा ओखर खानु पनि स्वस्थकर हुन्छ । यो ओमेगा–थ्री फ्याटी एसिडको प्रमुख स्रोत हो, जुन कपालका लागि उत्कृष्ट हुन्छ । विशेषगरी जाडोमा छाला र कपाल सुख्खा हुने समस्यालाई कम गर्न ओखर प्रभावकारी हुन्छ । यसबाहेक, ओखरले कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ र निद्रा बढाउँछ । शरीरलाई न्यानो राख्न चाहनुहुन्छ भने ओखर खानुहोस् ।

बदामले शरीरलाई न्यानो राख्छ

जाडोमा बदाम खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी विभिन्न खालका पोषक तत्व जस्तै – आवश्यक फ्याटी एसिड, फाइबर र प्रोटीन जस्ता धेरै पोषक तत्वहरूले भरपुर हुन्छन् । यसका साथै यसमा जिंक, भिटामिन ई र सेलेनियम पनि पाइन्छ, जुन तपाईंको स्वास्थ्यका लागि स्वस्थकर हुन्छ । जाडोमा रक्तसञ्चार सुधार गर्न चाहनुहुन्छ भने बदाम खानुहोस् । यो एक निकै ठूलो प्राकृतिक स्रोत हो । यस बाहेक बादामले फोक्सो र स्तन सम्बन्धी समस्यालाई पनि कम गर्छ ।

काजू

काजू जाडोको लागि उत्कृष्ट ड्राई फ्रुट हुनसक्छ । यसले तपाईंको शरीरमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, माइग्रेन जस्ता समस्याहरूलाई रोक्न मद्दत गर्दछ । यसबाहेक काजूको सेवनले शरीरको बढ्दो तौललाई नियन्त्रण गर्न सकिन्छ । यसबाहेक, काजू भिटामिन ईको धेरै राम्रो स्रोत हो, जसले एन्टी एजिङको रुपमासमेत काम गर्छ ।

अंजीरले शरीरलाई न्यानो बनाउँछ

जाडोमा शरीरलाई न्यानो राख्न अञ्जीरको सेवन गर्नुहोस् । अन्जीर भिटामिन ए, भिटामिन बी१, भिटामिन बी२, आइरन, म्यागनिज, सोडियम, क्याल्सियम, फस्फोरस र क्लोरीनजस्ता धेरै पोषक तत्वहरूको धेरै राम्रो स्रोत हो, जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ राख्न सक्छ । यसका साथै अन्जिरमा पोटासियम पनि प्रचुर मात्रामा पाइन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

जाडोमा पिस्ता खानुहोस्

जाडोको समस्या कम गर्न पिस्ताको सेवन गर्न सकिन्छ । यसमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, कपर र फस्फोरस जस्ता भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक पिस्तामा भिटामिन ई पनि हुन्छ, जसले तपाईंको छालालाई अल्ट्राभोयलेट किरणबाट बचाउन सक्छ । यसबाहेक जाडोमा पिस्ता खाएमा अन्य धेरै समस्याको सम्भावनालाई कम गर्न सकिन्छ ।

जाडोमा ओखरको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । यसले तपाईंको शरीरलाई न्यानो राख्न सक्छ। यस बाहेक यसबाट धेरै फाइदा लिन सकिन्छ । तर, जाडोमा तपाईंको समस्या बढ्दै गएको छ भने यस्तो अवस्थामा विज्ञसँग परामर्श लिएर खानपान परिवर्तन गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो