2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

रविको नागरिकता छानबिन गर्न उजुरी दिने सफल भन्छन्, ‘मेरो ज्यानमाथि खतरा बढ्यो’

मङ्सिर २०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफू ज्यानमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै आफूमाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको महसुस गरेका हुन् ।

जिउ ज्यानको सुरक्षा माग गर्दै मन्त्रालयमा बुझाइएको निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ । विशेषतः रवि लामिछानेका समर्थक ,शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ । आवश्यक कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतीका कारण समस्या भएकोले सो मुद्दा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेस गरेको छु ।

नेपाली नागरिकको हैसियतमा कानुनसम्मत कुरा उठाउँदा जिउ ज्यान नै जोखिममा पार्न पर्दा आफूले निकै दुख महसुस गरेको सफलको भनाई छ । ‘मेरो जिउ ज्यानमा केही भएको खण्डमा त्यसको जिम्मेवारी रवि लामिछाने ,उनका समर्थक र शुभचिन्तकले नै लिन पर्ने कुरा पनि यसै निवेदन मार्फत जानकारी गराउन चाहन्छु,’ उनले निवेदनमा भनेका छन्, ‘नेपाल सरकारका निकायले अनुसन्धान गरी रहेको विषयमा एउटा व्यक्तिलाई मुख्य टार्गेट गरी कानुन हातमा लिन खोज्नु नेपालको संविधान विरोधी गतिविधि हो भन्ने कुरामा म विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई