१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेयमारबाट बिरामी पेलेलाई स्वास्थ्यलाभको कामना

२० मंसिर २०७९, मंगलवार ११:०८

मङ्सिर २०, काठमाडौँ | ब्राजिलका विख्यात फरवार्ड नेयमार डा सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिणकोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका महान् खेलाडी पेलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 


ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन् । सोमबार साँझको खेलसकिएपछि ब्राजिलका खेलाडीले ८२ वर्षीय वृद्ध पेलेको तस्बिरसहितको ब्यानर बोकेर फोटो पत्रकारलाई पोज दिएका थिए । फोटो खिचाउँदै नेयमारले  भने–“पेलेलाई के भइरहेको छ, भन्न कठिन छ, हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ, हामीलाई विश्वास छ हाम्रो यो विजयबाट उहाँलाई सहज महसुस हुनेछ ।”

साथै खेलाडी नेयमारले आफूलाई गोलीगाँठाको समस्या नभएको, आफ्नो उपचारमा संलग्न चिकित्सकहरूप्रति आभार व्यक्त गर्दै अर्को प्रतियोगिताका निम्ति आफू तत्पर रहेको बताए । आफ्ना ब्राजिली तथा अन्य प्रशंसकहरूलाई आश्वस्त पार्दै उनले खेलमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । ब्राजिलको जितसँगै उनका प्रशंसक एवम् समर्थकले ब्राजिललाई बधाई दिँदै हर्षोल्लासका साथ अद्भूत उत्सव मनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह