२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

२०७९, २१ मंसिर बुधबार ०७:३२

मङ्सिर २१, काठमाडौँ | काठमाडौँ उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट रु दुईमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो । वाटर एटिएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका  काठमाडौँमा १२, ललितपुरमा सात र भक्तपुरमा एक गरी जम्मा २० एटिएम सञ्चालनमा रहेका छन् ।


काठमाडौँमा टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटिएम सञ्चालनमा छन् । 

त्यसैगरी ललितपुरमा नेपाल ईञ्जिनियर्स एशोसियशन, बङ्गलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस र मेन्टल अस्पतालमा एटिएम सञ्चालनमा छन् । भक्तपुरमा हाल भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनीयर तेजविनोद पाण्डेले जानकारी दिनुभयो ।

वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ । मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ ।

काठमाडौँको शङ्खधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटिएमबाट दैनिकजसो पानी पिउँदै आउनुभएका माईक्रो चालक लज श्रेष्ठले वाटर एटिमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै प्यास लाग्दा पनि पहिला २५÷३० रुपैया तिरेर बोतलको पानी पिउने गरेको थिएँ, हाल यहाँ नजिकै वाटर एटिएम राखेकाले सहज भएको छ ।” 

त्यसैगरी काठमाडौँको चक्रपथ नजिकै रहेको शङ्खपार्क परिसरमा रहेको वाटर एटिएमबाट पानी पिउने सर्वसाधारण भवानी कार्कीले नेपालमा नयाँ प्रविधि सञ्चालनमा आउँदा राम्रोे लागेको तर कुनैबेला मेसिनबाट गिलास नआउने र कहिले पैँसा साट्दा सिक्का नआउने समस्या रहेको बताउनुभयो । साट्न राखेको पैसासमेत फिर्ता नआएको हुँदा समय समयमा मेसिन जाँच गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट