मङ्सिर २१, काठमाडौँ | नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च प्रवेश गर्न नदिन नेपाल बारले सर्वोच्चको गेटमा धर्ना दिने भएको हो।
आज दिउँसो राणा सर्वोच्च आउन लागेका छन्।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरू सर्वोच्चको गेटमा खडा भइरहेको बताए। ‘हामी गेटमा खडा भएर बसेका छौं,’ उनले भने।
चोलेन्द्रशमशेर सर्वोच्च आउने भनेपछि नेपालबारको आकस्मिक बैठकसमेत आज बसेको थियो। नेपाल बारले चोलेन्द्रलाई पहिले पनि सर्वोच्च प्रवेशमा रोक लगाउँदै आएको थियो।