२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक उम्मेदवार छनोट गर्न आयोगले पठायो दलहरुलाई पत्र

२०७९, २२ मंसिर बिहीबार ०२:५४

मङ्सिर २२, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ।

राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको क्रमअनुसार उम्मेदवार छनोट गर्नुपर्नेछ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपसचि गुरुप्रसाद वाग्लेले बुधबारबाट तीन दिनको समय राखेर पत्राचार गरिएको बताए । आयोगले पत्राचार गरेपछि नेपाली कांग्रेसले बुधबारै पत्र बुझिसकेको छ। पत्रअनुसार राजनीतिक दलले शनिबारसम्म नामावली पठाउनुपर्नेछ। यसरी पठाइएको नामावली समावेशी समूहअनुसार नभए दलले थप दुई दिनको समय पाउनेछन्। समानुपातिकबाट उम्मेदवार निर्वाचित भएको प्रमाणपत्र पाउन अझै कम्तीमा पाँच दिन पर्खिनुपर्नेछ।

राष्ट्रपतिसमक्ष आयोगले मंसिर २८ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७२ का अनुसार राजनीतिक दलले समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा रहेका उम्मेदवारको नाम छनोट गर्न पाउने छैनन्। 

दलले उम्मेदवारको नाम छनोट गरी केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै