मङ्सिर २३, काठमाडौँ । एजेन्सी | मानिसहरुबीच झगडा हुँदा कहिलेकाहीँ मारपिट समेत हुन्छ । तर कुटपिटको साटो यदि कोही झगडालुले अर्को व्यक्तिको जिब्रो टोकिदियो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एक आपसमा भएको झगडा चर्किँदै जाँदा एक व्यक्तिले छिमेकीको जिब्रो टोकेर छिनालिदिएका छन् ।
यो घटना भारतको पञ्जाबमा भएको हो । पञ्जाबको मोहालीस्थित डेराबस्सीमा दुई छिमेकीबीच भएको झगडाका क्रममा गत आइतबार उक्त घटना भएको हो ।
स्थानीय एक विद्यालय अगाडि हरप्रित र आसिफ नामका दुई युवा आफ्नो एक साथीको विवाह कार्यक्रमबाट बाइकमा फर्किरहेका थिए । त्यहाँ कार चलाइरहेको एक युवकसँग उनीहरुको भेट भयो । कार र बाइक एक आपसमा ठोक्किएपछि ती विषयमा उनीहरुबीच झगडा सुरु भयो ।
झगडाकै क्रममा हरप्रितका छिमेकीले आफ्ना दाँतले हरप्रितको जिब्रो टोकिदिए । हरप्रितको जिब्रो यति नराम्रोसँग टोकियो कि जिब्रो नै छिनालियो । हरप्रितले रक्सी पिएको र आफुलाई गाली पनि गरेको हुँदा आफुले जिब्रो टोकिदिएको छिमेकीले बताए ।
छिनालिएको जिब्रो सहित हरप्रितलाई अस्पताल लगिएपनि उनको जिब्रो जोड्न डाक्टरहरुको असफल भए ।