2026-07-25 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को–को छन् माओवादीबाट समानुपातिक सांसद बन्ने १४ जना उम्मेदवार ?

मङ्सिर २३, काठमाडौँ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको माओवादी केन्द्रले समानुपातिकतर्फ जम्मा १४ सिट पाएको छ । अघिल्लो निर्वाचनको तुलनामा एक लाख २८ हजार ३४ मत कम पाएको उसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट सांसदको नामावली पठाउन चुनौतीपूर्ण देखिएको छ ।

बुधबार निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगको पत्रअनुसार दलहरूले समावेशी क्लस्टर मिलाएर ११० जना सांसद सिफारिस गर्नुपर्नेछ ।

जसअनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार अनिवार्यरूपमा १२ जना महिला उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ । माओवादी केन्द्रको एकल चुनाव चिन्हमा प्रत्यक्षतर्फ ८ जना महिला उम्मेदवार उठाएकोमा दाङ–२ बाट रेखा शर्मामात्र निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यलाई पनि समावेश गर्ने हो भने माओवादीमा ४ जना महिला सांसद रहेका छन् । अहिले राष्ट्रिय सभामा माओवादीका १५ सदस्य रहेका छन् । यी दुवै संसदको सदस्य जोड्दा माओवादीका जम्मा सांसद संख्या ४७ हुनेछन् । समवेशी अनुसार महिला संख्या १६ जना अनिवार्य हुनेछ । त्यसमा चार जना निर्वाचित भइसकेका छन् ।

समानुपातिक निर्वाचन निर्देशीकाअनुसार उसले खस आर्य र आदिवासी जनजातिबाट समान ४/४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २/२ जना, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एक/एक जनाको नाम पठाउनुपर्नेछ ।

जसअनुसार खासआर्यबाट पुरुषमा हितराज पाण्डे र पेशल खतिवडा परेका छन् । खासआर्य महिलाबाट ज्ञानु बस्नेत, विमला सुवेदी रहने छिन् । यसैगरी आदिवासी जनजातिबाट छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र), दुर्गा राई, मीना तामाङ, उर्मिला माझी रहने छन् ।

दलितबाट सुशिला श्रीपाईली र पार्वती विक छनोट हुनेछन् । मधेशीबाट मीना यादव र उमरावतीदेवी यादव निर्वाचित हुनेछिन् । थारुबाट रुपासोसी चौधरी र मुस्लिमबाट कल्पना मियाँ निर्वाचिन हुनेछन् । संघीय सदस्य छनोट गर्दा पचास प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक