१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को–को छन् माओवादीबाट समानुपातिक सांसद बन्ने १४ जना उम्मेदवार ?

२३ मंसिर २०७९, शुक्रबार १०:५२

मङ्सिर २३, काठमाडौँ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको माओवादी केन्द्रले समानुपातिकतर्फ जम्मा १४ सिट पाएको छ । अघिल्लो निर्वाचनको तुलनामा एक लाख २८ हजार ३४ मत कम पाएको उसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट सांसदको नामावली पठाउन चुनौतीपूर्ण देखिएको छ ।


बुधबार निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगको पत्रअनुसार दलहरूले समावेशी क्लस्टर मिलाएर ११० जना सांसद सिफारिस गर्नुपर्नेछ ।

जसअनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार अनिवार्यरूपमा १२ जना महिला उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ । माओवादी केन्द्रको एकल चुनाव चिन्हमा प्रत्यक्षतर्फ ८ जना महिला उम्मेदवार उठाएकोमा दाङ–२ बाट रेखा शर्मामात्र निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यलाई पनि समावेश गर्ने हो भने माओवादीमा ४ जना महिला सांसद रहेका छन् । अहिले राष्ट्रिय सभामा माओवादीका १५ सदस्य रहेका छन् । यी दुवै संसदको सदस्य जोड्दा माओवादीका जम्मा सांसद संख्या ४७ हुनेछन् । समवेशी अनुसार महिला संख्या १६ जना अनिवार्य हुनेछ । त्यसमा चार जना निर्वाचित भइसकेका छन् ।

समानुपातिक निर्वाचन निर्देशीकाअनुसार उसले खस आर्य र आदिवासी जनजातिबाट समान ४/४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २/२ जना, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एक/एक जनाको नाम पठाउनुपर्नेछ ।

जसअनुसार खासआर्यबाट पुरुषमा हितराज पाण्डे र पेशल खतिवडा परेका छन् । खासआर्य महिलाबाट ज्ञानु बस्नेत, विमला सुवेदी रहने छिन् । यसैगरी आदिवासी जनजातिबाट छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र), दुर्गा राई, मीना तामाङ, उर्मिला माझी रहने छन् ।

दलितबाट सुशिला श्रीपाईली र पार्वती विक छनोट हुनेछन् । मधेशीबाट मीना यादव र उमरावतीदेवी यादव निर्वाचित हुनेछिन् । थारुबाट रुपासोसी चौधरी र मुस्लिमबाट कल्पना मियाँ निर्वाचिन हुनेछन् । संघीय सदस्य छनोट गर्दा पचास प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह