१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवअधिकार पुरस्कार श्रेष्ठ र मानव सेवा आश्रमलाई

२४ मंसिर २०७९, शनिबार ०५:३५

मङ्सिर २४, काठमाडौँ | सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवद्र्धन पैरवी, संरक्षण र सम्मानसम्बन्धी कार्यमा निरन्तररूपमा पु-याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रा डा श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसैगरी, संस्थातर्फ मानव सेवा आश्रम, (काठमाडौँ) लाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रूपमा रही अत्यन्तै कष्टपूर्णरुपमा जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालनपालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापनलगायतका कार्य गरी मानवअधिकारको संरक्षणमा पु-याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार अक्षय कोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनमा उल्लेखनीय योगदान पु-याउने एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्ने कार्य प्रारम्भ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह