१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० वर्ष पूरा भएका र १२ पास गरेका छोरीलाई बिहेमा ५० हजार सहयोग

२५ मंसिर २०७९, आईतवार १०:३६

मङ्सिर २५, मलंगवा | २० वर्ष पूरा भएको र १२ कक्षा उर्तीण गरी विवाह गर्ने छोरीलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको छ।

गाउँपालिका नयाँ नेतृत्व आएपछि बसेको पहिलो कार्यापालिकाको बैठकले २० वर्ष पूरा गरेको र १२ कक्षा उर्तीण गरी विवाह गर्ने हरेक छोरीलाई पालिकाले ५० हजार प्रोत्साहन स्वरूप प्रदान गरिने निर्णय गरेको छ। 

सोही निर्णय अनुसार पहिलो पल्ट चन्द्रनगर गाउँपालिका-२ दनुवारी टोलकी २२ वर्षीय रेणुकुमारी सिंहको विवाहमा पालिका अध्यक्ष राजकुमार महतोले ५० हजार सहयोग गर्दै कार्याक्रमको सुरुवात गरेको छ। 

अध्यक्ष महतो विवाह मण्डपमै पुगेर दुल्हीलाई ५० हजारको चेक हस्तान्तरण गरेका छन्। 


बालविवाह न्यूनीकरण गर्न र छोरीलाई उच्च शिक्षा सम्म पहुँच पुर्‍याउनमा सहयोग पुग्ने भन्दै कार्यपालिकाको पहिलो बैठकबाट यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताएका छन्। 

चन्द्रनगर गाउँपालिकामा अधिकांश निम्न वर्गीय परिवारका मानिसहरूमा बालविवाहको संख्या बढ्दो छ। छोरीचेलीहरू उच्च शिक्षाको पढाइबाट बञ्चित छन्। 

बालविवाह न्यूनीकरण र छोरीको पनि शिक्षामा पहुँच पुगोस् भन्ने उद्देश्य यस्तो कार्यक्रम पालिकाले ल्याएको अध्यक्ष महतोले बताए। 

केही हद सम्म बालविवाह कम हुन्छ। अभिभावकहरूले छोरीहरूलाई विद्यालय पढाउँछ भन्ने विश्वास लिएको महतोको कथन छ।

आफ्नो पालिकामा करिब ६५ प्रतिशत बालविवाह हुने गरेको अध्यक्षले बताए। उच्च शिक्षा लिएको छोरीहरूको संख्या एकदम कम छ। अभिभावकहरू पनि छोरीलाई शिक्षा दिनु पर्छ भन्नेमा सचेत छैन्। 

यो कार्यक्रमले केही सुधार हुन्छ। स्नातक गर्ने छोरीहरूलाई पनि गाउँपालिकाले ११ हजार सहयोग गर्ने निर्णय गरिएको महतोले बताए।

गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालयबाट १२ कक्षा उर्तीण गरेकी दुल्ही २२ वर्षीया सिंहले गाउँपालिकाले छोरीहरूका लागि राम्रो कार्यक्रम ल्याएको बताएकी छिन्। 

चेक ग्रहण गर्दै दुल्ही सिंहले गाउँका हरेक छोरीहरू अब पढाइतर्फ ध्यान दिने बताएकी छिन्। २० वर्षपछि विवाह गर्दा स्वास्थ्य अवस्था पनि राम्रो हुने, शिक्षा आर्जन पनि गर्न सकिने र पालिकाको सहयोग पनि पाउने भएपछि छोरीहरू खुशी हुने सिंहले बताइन्। 

पालिकाले विवाह मण्डपमै आएर छोरीलाई प्रोत्साहन स्वरुप ५० हजार सहयोग गरेको देख्दा खुशी लागेको दुल्हीका बुबा हरदेव कुमर दनुवारले बताएका छन्। 

पढाइ लेखाई गराएर छोरीको विवाह गर्दा राम्रो हुन्छ। आफू समान्य लेखपढ गरेपनि छोरीलाई पढाए त्यसमा खुशी छु। अझ पालिकाले सहयोग गर्दा झन खुशी लागेको दनुवारले बताए।

यस्ता कार्यक्रमले भोलिका दिनमा छोरीहरूको मनोबल बढ्छ। अभिभावकहरूमा पनि छोरीलाई पढाउनु पर्छ भन्ने ठूलो सन्देश गएको छ।

गत शुक्रबार रेणुको विवाह इश्वरपुरका २९ वर्षीय राजीव कुमार सिंहसँग भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह