१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो चुनावमै राष्ट्रिय दल बनेको जनमत पार्टीले छानेका पाँच समानुपातिक सांसदको विगत के हो?

२६ मंसिर २०७९, सोमबार १२:०३

मङ्सिर २६, काठमाडौँ | सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो चुनावमै राष्ट्रिय पार्टी बनेको छ। यो पार्टीबाट राउतमात्रै प्रत्यक्ष निर्वाचित भएका छन्। उनले सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका छन्।

समानुपातिकतर्फ जनमत पार्टीले प्रतिनिधि सभामा पाँच जना सांसद  पाएको छ। जनमत पार्टीका तर्फबाट सांसद सिफारिस भएका ५ जनाको पृष्ठभुमि यस्तो छ।


१.अनिता साह

अनिता साह जनमत पार्टीको सचिव हुन्। धनुषाकी साह जनमत पार्टीमा लाग्नुभन्दा पहिला गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी हुन्।

२. सोनु मुर्मुर

सोनु मुर्मुर ११ वर्षदेखि सिके राउतको अभियानमा सक्रिय छन्। स्वतन्त्र मधेस गठबन्धनमा आवद्ध सोनु मुर्मुरकै पहलमा २०६९ सालमा सिके राउतलाई मोरङमा बोलाइएको थियो। त्यही बेला राउत पहिलो पटक गिरफ्तारीमा परेका हुन्।

३.अब्दुल खान

अबदुल खान जनमत पार्टीका उपाध्यक्ष हुन्। उनी सिके राउतको अभियानमा सुरूदेखि सक्रिय थिए। बर्दियाका खान पार्टी प्रशिक्षकका रूपमा समेत कार्यरत छन्।

४. विनिताकुमारी सिंह दनुवार

विनिताकुमारी सिंह दनुवार पनि सिराहामा सिके राउतकै अभियामा सुरूदेखि सक्रिय हुन्। उनी पार्टीको कुनै भूमिकामा छैनन्। सिराहामा किसान आन्दोलनको नेतृत्व गरेर उनले चर्चा कमाएकी थिइन्।

५. गोमा लाभ सापकोटा

महोत्तरीकी गोमा लाभ सापकोटा स्थानीय चुनाव अघि जनमत पार्टीमा आबद्ध भएकी हुन्। उनी खस आर्यको कलष्टरबाट सांसद बनेकी हुन्। उनी स्थानीय निर्वाचनमा महोत्तरी गाँउपालिका उपाध्यक्षमा पराजित भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह