१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि घाँटी थिचेर हत्याको आरोप

२७ मंसिर २०७९, मंगलवार ०७:०५

मङ्सिर २७, काठमाडौँ | काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् । 

फुयाँललाई मंसिर २५ मा राति बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार फुयाँल टिप्परको ठक्‍करबाट घाइते भएपछि चालक र अन्य मानिसहरु मिलेर हत्या गरेको पीडित पक्षको आरोप छ । मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर फुयाँलको हत्या गरिएको दाबी गरेका छन् । उनले भने–‘सावेलको प्रयोग गरेर घाँटीमा प्रेसर दिएर हत्या भएको छ ।’


हत्यारालाई पक्राउ र कारबाहीको माग गरेर सोमबार साँझ पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेरा हालेका थिए । आक्रोशित समूहले प्रहरीको मोटरसाइकल तोडफोड गरेका छन् । प्रहरी वृत बालाजुले हत्यामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव बलामी र बिमल बलामी छन् । शिव बलामीले आफूलाई टिप्पर धनीले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् ।

शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले बिमललाई पक्राउ गरेको हो । बिमल बलामी टिप्परका धनि हुन् । बिमलले नै टिप्पर चलाएको र घाइते बनाएपछि आसपासमा डिपोमा काम गर्नेहरुलाई समेत बोलाएर फुँयालको हत्या गरेको आरोप छ । दुर्घटनापछि हत्या भएकोबारे अनुसन्धान गर्नुपर्नेमा प्रहरीले दुर्घटना मुद्दा चलाउने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह