१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थारु र मुस्लिमलाई मधेसीको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय

२७ मंसिर २०७९, मंगलवार ०७:३९

मङ्सिर २७, काठमाडौँ | मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगको मसिंर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा विजयकुमार दत्तले जानकारी दिए। 

मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।  थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भन्दै मधेसी क्लस्टरमा आफुहरुलाई नराख्न मधेसी आयोगमा निवेदन दिएका थिए। 

आयोगका अध्यक्ष दत्तका अनुसार सो निवेदनमाथि टेकेर आयोगले थारु र मुस्लिमलाई मधेसीबाट हटाउने निर्णय गरेको हो। मधेसी आयोगले २०७८/७९ को बार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिम सहित १४९ जात (थर)लाई मधेसीको रुपमा सिफारिस गरेको थियो। 

Madhesi_aayog_nirnaya1670916194.png

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह