१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको बेटिङमा दुई करोड बढी कारोबार, सानेपाबाट एक एजेन्ट पक्राउ

२७ मंसिर २०७९, मंगलवार ११:२३

मङ्सिर २७, काठमाडौँ | कतारमा जारी विश्वकप २०२२को खेलमा बेटिङ गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना एजेन्टलाई पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुर छन्।


विश्वकप लगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने-गराउने एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सुचना पाएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो। उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। एसपी कोइरालाका अनुसार विगत ८ महिनादेखि सट्टेबाजीका एजेन्टको रूपमा कार्यरत थिए।

उनले रकम संकलन र भुक्तानीको आधारमा कमिसन पाउँथे। त्यसैले उनले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे। उनले नाबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४  हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको छ। 

प्रहरीले ४८५ वटा विभिन्न सेवा प्रदायकहरूका डिजिटल वालेटको कारोबार समेत रोक्का राखेर अनुसन्धान अघि बढाएको छ। प्रविधिको दुरूपयोग गरी बेटिङ, ठगी लगायतका अन्य कानुन विपरीतका काम गर्नका लागि व्यक्तिका परिचय पत्रहरूका समेत दुरूपयोग भइरहेको हुँदा आफ्ना कागजातहरू कहिँकतै कसैलाई दिँदा सावधानी अपनाउन र यस्ता गतिविधीहरू थाहा भएमा प्रहरीलाई जानकारी दिन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह