२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम

२०७९, २९ मंसिर बिहीबार ०२:५७

मङ्सिर २९, रसुवा | सूचना तथा प्रसारण विभागले रसुवाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । बुधबारदेखि सदरमुकाम धुञ्चे ३० जनालाई तालिम दिन थालिएको हो ।   

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिम दिन थालिएको सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले जानकारी दिनुभयो । अन्तर्वार्ता, फिचर, खोजमूलक, विकास, पर्यटन, जलविद्युत्, कृषिलगायतका विविध विषयमा प्रशिक्षण दिन थालिएको छ । सञ्चार मन्त्रालय मातहतको सरकारी निकायबाट यहाँका पत्रकारलाई पहिलो पटक तालिम प्रदान गरिनुका साथै स्थानीयस्तरमै प्रेसपास नवीकरण तथा नयाँ जारी एवं अनलाइन दर्तासमेत गर्न लागिएको प्रशिक्षक डा विजय मिश्रले जानकारी दिनुभयो ।   

यसैबीच नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको छैटौँ साधारणसभा बुधबार सम्पन्न भएको छ । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासङ्घका केन्द्रीय सदस्य ध्रुव रावल, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ,  सूचना तथा प्रसारण विभागका निर्देशक गौतम, सहायक प्रमुख जिल्ला अधिकारी दयाराम गौतमलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ