2026-07-24 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार विश्वकपमा पुरानै विजेताले उपाधि जित्ने पक्का, यी हुन् अहिलेसम्मका विश्वकप विजेता

मङ्सिर २९, काठमाडौँ । सेमिफाइनलमा क्रोएसिया र मोरक्कोको चुनौती समाप्त भएपछि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा नयाँ विजेता नहुने पक्का भएको छ ।

फाइनल पुगेका अर्जेन्टिना र फ्रान्सले यसअघि समान दुई पटक विश्वकप जितिसकेका छन् ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले र दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएर फाइनलमा स्थान बनाएका हुन् । यी दुई टोलीबीच आइबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

लगातार दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया र पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको मोरक्कोबीच शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

१९९८ मा डेब्यु विश्वकपमै सनसनी मच्चाउँदै तेस्रो भएको क्रोएसिया २०१८ मा उपविजेता बनेको थियो । मोरक्को भने विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्यो ।

फाइनलमा अर्जेन्टिना र फ्रान्स जो विजेता भएपछि तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ ।

अर्जेन्टिनाले यसअघि १९७८ र १९८६ मा विश्वकप जितेको थियो भने फ्रान्स १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो ।

अहिलेसम्म फिफा विश्वकपको २१ संस्करण आयोजना भइसक्का ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।

सबै २२ वटै संस्करण खेल्ने एक्लो टिम ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ । यस्तै इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा अर्जेन्टिना र फ्रान्ससँगै उरुग्वेल समान २ पटक जितेका छन् । इंग्ल्याण्ड र स्पेनले १-१ पटक विश्वकप जितेका छन् ।

यसपटक इटली बाहेक ७ वटै च्याम्पियनले कतारमा विश्वकप खेलेका थिए । इटली भने छनोट हुनै सकेन ।

यस्तै विश्वकपमा अहिलेसम्म कुल १३ राष्ट्रले फाइनल खेलेका छन् । ८ राष्ट्रले उपाधि जित्दा फाइनल पुगेर पनि चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स र क्रोएशियाले उपाधि जित्न सकेन ।

नेदरल्याण्ड्स तीन पटक फाइनल पुगेर पनि तीनै पटक उपविजेता बन्यो । चेकोस्लोभाकिया र हंगेरी भने समान दुई पटक फाइनलमा पराजित भएका थिए । क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पहिलो पटक फाइनल पुगेको थियो ।

यी हुन् अहिलेसम्मका विश्वकप विजेता

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक