२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्र

२९ मंसिर २०७९, बिहीबार ०८:०४

मङ्सिर २९, काठमाडौँ । व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् । ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण उतै रोकिएका हुन् । अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेकाले काठमाडौंबाट उडेका क्याबिन क्रुको आराम (रेस्ट–आवर) का लागि निगमले जहाज उतै राख्नु परेको हो ।


नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबारदेखि थालेको हड्तालले यात्रुलाई सेवा दिने क्याबिन क्रु (विमान परिचारिका र परिचारक) को अभाव भएका कारण निगमले बुधबारयता दुई दिनमा सयौं यात्रुलाई समयमै गन्तव्यमा लैजान र ल्याउन सकिरहेको छैन । जहाजमा यात्रुलाई सेवा प्रवाह गर्ने १ सय ५७ मध्ये अधिकांश क्याबिन क्रु बुधबारदेखि निगम मुख्यालयमा आन्दोलनमा रहेकाले व्यवस्थापनले बुधबार दिल्ली र बैंग्लोरबाट फर्केका १२ जना क्याबिन क्रुमध्ये ४ जनालाई दुबई र ८ जनालाई मलेसिया पठाएको थियो । एकै दिन दुइटा गन्तव्य परेकाले उनीहरुको ड्युटी समयको सीमा सकीएपछि निगम दुवै जहाज विदेशमै रोक्न बाध्य भएको हो । ती दुवै जहाजमध्ये मलेसियामा रहेको वाइडबडी बिहीबार बेलुकी ८ बजे र दुबईमा रहेको न्यारोबडी ९ बजे काठमाडौं आउने निगमले तालिकामा उल्लेख गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार बुधबार राति ११ः३० बजे दुबई उड्नुपर्ने निगमको न्यारोबडी २ः४५ मा काठमाडौंबाट उडेको थियो भने १० बजेका लागि तय गरिएको मलेसियाको जहाज राति २ बजे काठमाडौंबाट उडेको थियो । निगममा भइरहेको क्याबिन क्रु आन्दोलनका कारण सयौं यात्रु अलपत्र पर्दा र देशकै बदनाम हुँदा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुनै हस्तक्षेप नगर्दा निगमका कर्मचारीहरु निराश भएका छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष युवराज अधिकारी नै यस मुद्दाको मुख्य जिम्मेवार रहेकाले विवाद समाधान गर्ने मुख्य जिम्मेवार अधिकारी नै रहेको बताए । काठमाडौं विमानस्थलले आज पनि निगमको १ः४५ बजेको दिल्ली उडान प्रभावित हुन सक्ने जनाउँदै सयममै उडान गर्न विमानस्थलमा रहेका कर्मचारीलाई ताकेता गरिरहेको छ । ‘बिहान १२ बजेसम्म निगमका कुनै पनि उडान भएका छैनन, हामी दिल्ली उडानमा यात्रुलाई धोका नदिन ताकेता गरीरहेका छौं,’ महाप्रबन्धक ठाकुरले भने ।

यसैबीच क्याबिन क्रुहरुले बिहीबार विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले करार नवीकरणमा भेदभाव गरेको, उनीहरुको सेवा सम्बन्धित काममा निगमले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरेको लगायतका आरोप लगाएको छ । संघकी एक एयरहोस्टेसले बिहीबार दिउँसो व्यवस्थापन पक्षले वार्ताका लागि बोलाएको जानकारी दिइन् । उनले वार्ता नमिलेसम्म उडानमा नजाने अडान सबैको कायमै रहेको बताइन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा