2026-07-24 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

पुस २, काठमाडौँ | काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताउनुभएको छ । 

आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उहाँले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताउनुभएको हो ।

“अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।” आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरुवात काठमाडौँ क्षेत्र नं ४ बाट हुने उहाँको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा १ मा निर्वाचित प्रदेशसभा सदस्य श्रीराम लामिछानेले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षभित्र पूरा गर्ने जिकिर गर्नुभयो । काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ का पार्टी सभापति रामप्रसाद लुइँटेलले चुनावी घोषणापत्रलाई पाँच वर्षसम्म ध्यान दिएर जनतासँग गरेका बाचा पूरा गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक