2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द भ्वाइस अफ नेपालबाट आशिष महर बाहिरिए

पुस ३, काठमाडौँ | टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’मा अछामका आशिष महर बाहिरिएका छन् । अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालमा प्रवेश भएसङ्गै एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शकको मन जित्दै अन्तिम छ मा प्रवेश गरेका थिए ।

शुक्रबार हुड्केली पहिरनमा “मायाले मायाले मार्यो मार्यो” गितमा दर्शक र कोचलाई झुमाएका थिए । दर्शकले हुटिङ गर्दै गित गाउन आग्रह समेत गरेका थिए । भोटिङका आधारमा महर उत्कृष्ट ९ मा प्रवेश गरेका छन् । आज शनिबारको प्रस्तुतिसङ्गै उत्कृष्ट ४ का लागि भोटिङ हुनेछ ।

केहिदिन पहिले धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारेका थिए । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए। आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्‍यो ।

महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गरे । तर आज भने उनि अगाडी बढ्न सकेनन । ‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।

अब भने द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् । आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा