१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व कपको पुरस्कार राशि : विजेताले कति कमाउँछन् ?

३ पुष २०७९, आईतवार ०८:१७

पुस ३, काठमाडौँ | कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि पिचमा सफल हुनेहरुका लागि ठोस लाभ पक्कै पनि छ । जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । आज हुने फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समय राति ८:४५ बजेबाट सुरु हुनेछ । 

क्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।


पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत् भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ । हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । बिजेताले रेकर्ड नै तोड्ने खालको पुरस्कार पाउनेछन् ।

स्पोर्टिङ न्युजलेप्रत्येक टिमले कति पुरस्कार राशि प्राप्त गर्न सक्लान् भनेर जानकारी दिएको छ ।

२०२२ विश्व कपको कुल पुरस्कार राशि

फिफाले कतारमा आयोजित २०२२ विश्व कपका लागि कुल ४४० मिलियन डरल (५८ अर्ब रुपैयाँ) विनियोजन गरेको छ ।

सन् २०१८ को प्रतिस्पर्धाभन्दा यो ४० मिलियन डलरको वृद्धि हो । सन् २०१४ मा ब्राजिलमा आयोजित सन् २०१४ को विश्व कपमा ३५८ मिलियन डलर (४७ अर्ब रुपैयाँ) विनियोजन गरिएको थियो ।

यो धेरै नै महत्वपूर्ण रकम भए पनि फिफाको २०२२ मा ४.६ बिलियन डलरको राजस्व बजेट छ । यसका साथै प्रसारण अधिकारले मात्रै २.६ बिलियन डलर आयमा योगदान दिन्छ ।


२०२२ को विश्व कपका विजेताले कति पुरस्कार राशि पाउनेछन् ?

अप्रिल २०२२ मा फिफाले कतार विश्व कपका विजेताले ४२ मिलियन डलर पुरस्कार राशि पाउने घोषणा गरेको छ ।

सन् २०१८ को तुलनामा यो ४ मिलियन डलरको वृद्धि हो । पछिल्लो ४० वर्षमा पुरस्कार राशिमा लगातार वृद्धि भइरहेको छ ।


सन् २००६ भन्दा अघि विश्व विजेता टोलीले १० मिलियन डलरभन्दा बढी जितेनन् । यस्तै, सन् १९८२ च्याम्पियन्स इटालीले २.२ मिलियन डलर पुरस्कार राशि जितेको थियो ।

सन् २००२ मा फिफालाई राष्ट्रिय टोलीले पुरस्कार राशि बढाउन निकै दबाब दिए ।

विश्व कप २०२२ पुरस्कार राशि : प्रत्येक टोलीले कति पाउँछन् ?


पुरस्कार राशि उच्च भएकोले कतार विश्व कपमा खेल्ने प्रत्येक टोलीले मनग्गे आम्दानी गर्नेछन् ।

२०२२ को विश्वकपका लागि क्वालिफाई हुने प्रत्येक टोलीले १.५ मिलियन डलर सहभागिता शुल्क तिर्ने गर्छन् । तर प्रतियोगितामा नकआउट चरण तिर प्रवेश गर्दै गर्दा टोलीले धेरै नै कमाउन सक्छन् ।

फिफाद्वारा सार्वजनिक गरिएको पुरस्कार राशिको सूची यस प्रकार छ ।

विश्व कपमा खेलाडीले जति पैसा पाउँछन् ?

फुटबल भनेको समूह खेल हो तर विश्व कपमा खेल्ने खेलाडीले आर्थिक लाभ पनि पाउँछन् ।

राष्ट्रिय टोली र विभिन्न खेलाडीको तलब भिन्न भएपनि उनीहरुले विश्व कपमा जित्ने पुरस्कार राशिको सेयर पाउँछन् ।

फिफाले प्रत्येक टोलीलाई खेलाडीसँग कति सेयर बाँड्ने भनेर निर्णय गर्न स्वतन्त्र छोडेको छ । जर्मनीले आफ्ना प्रत्येक खेलाडीलाई सन् २००६ मा घरेलु मैदानमा उपाधि जितेको खण्डमा लगभग ४ लाख अमेरिकी डलर बोनस दिने बाचा गरेको थियो ।

सन् २०२२ मा अष्ट्रेलियाले नकआउट चरणमा प्रवेश गरेबापत् आफ्ना सबै खेलाडीलाई २ लाख २६ हजार अष्ट्रेलियन डलरका साथै अतिरिक्त २ लाख ९० हजार अष्ट्रेलियन डलर दिने बताइएको थियो ।

अन्य देशले योभन्दा केही कम वा बढी दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह