१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम

४ पुष २०७९, सोमबार १०:४३

पुस ४, काठमाडौँ | जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । 

दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । 


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउनुहुन्छ । 

“दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन सक्छन,” उहाँले भन्नुभयो,“यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गर्नुपर्दछ ।”

नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । डा बज्राचार्यले हप्तामा सात–आठ स्वाब सङ्कलन गरेर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको बताउनुभयो । 

इन्फ्लुएन्जा सङ्क्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । 

यसबाट बच्न बिरामी भएकमा व्यक्तिसंँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिक रुप्मा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा सावुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह